छातिभरि दुख्छ देश

–गोपीकृष्ण ढुंगाना

मुस्कान छर्न खोजे पनि छातिभरि दुख्छ देश,
सुसाउँदा नि सूल बनी छातिभरि दुख्छ देश ।

हँसाउने खोज्नुपर्छ, रुवाउने जताततै,
सताउने हुँदा धनी छातिभरि दुख्छ देश ।

कोमलबाट कठोर बन्छ उही मन मुटु पनि,
धोकैधोका पाउँछु अनि छातिभरि दुख्छ देश ।

अँध्यारोलाई चिर्न सधैं बोकी हिँड्छु हातमा राँको,
सूर्य रोज्छु तर पनि छातिभरि दुख्छ देश ।

पत्थरको छातिभित्र हुन्न भन्थे कत्ति माया,
संसार यस्तै रै छ भनी छातिभरि दुख्छ देश ।

कृतिहरू ः मौनताका रातहरू (गजल संग्रह), काठमाडौं गजल संग्रह (सहसम्पादन) र आफैंभित्र (प्रकाशोन्मुख गजल संग्रह)
प्रकाशोन्मुख बालसाहित्य ः फुच्चे हात्ती (बालकथा), कमिलाको डाक्टर (बालकथा संग्रह), सानी जुली (बालकथा संग्रह), आमाको माया (बालएकांकी) र कारको कल्पना (बालएकांकी)
सम्प्रति ः अन्नपूर्ण पोष्ट दैनिक (वरिष्ठ संवाददाता)
सम्प्रति ः बोडे उच्च माध्यमिक विद्यालय भक्तपुर (उपप्राध्यापक)
सम्पादक÷प्रकाशक ः काव्यकुञ्ज डट कम (अनलाइन साहित्यिक पत्रिका)
अध्यक्ष, स्थानीय विकास पत्रकार मञ्च (फोल्डेज), काठमाडौं
गौरादह–७, झापा, मेची हाल ः काव्यकुञ्ज, सरस्वतीनगर, गठ्ठाघर, भक्तपुर
सचिव, सरस्वतीनगर विकास समाज, गठ्ठाघर, भक्तपुर

प्रतिक्रिया दिनुहोस्

*