अहो ! के भयो ?

- शाश्वत पराजुली

भुर्र–भुर्र उड्दै सानुु भ“गेरो भुइ“को चारा टिप्दै थियो । एकै छिनमा ठूलो कोलाहल सुनियो । मान्छेहरू ‘हाहा’ र ‘हुहु’ गर्दै यताउति दौडन थाले । छेउमा रहेका गाई, भै“सी, बाख्राहरू पनि बेस्सरी कराउन थाले । त्यो देखेर सानु भ“गेरो आत्ति“दै अग्लो थुम्कोमा गएर बस्यो । थुम्को बेस्सरी हल्लिरहेको थियो । थुम्कोमा यताउता गरिरहेका छेपाराहरू पनि छिटोछिटो दगुर्न थाले । सानु भ“गेरो त्यहा“बाट उडेर अलि परको रुखको हा“गामा गई बस्यो ।
रुख र बिरुवाहरू पनि बेस्सरी हल्लिरहेका थिए । रुखमा भएका काग र सारौ“ चराहरू उडेर पर पर लागे । जमिनबाट धूलो बेस्सरी उडिरहेको थियो । मान्छेहरूको कोलाहरू कम भएको थिएन । छेउछाउका कुकुरहरू पनि भुकिरहेका थिए । माथि आकाशमा उडिरहेका कागहरू ‘काग काग’ गर्दै कराइरहेका थिए । चीलहरू अरु बेला भन्दा पनि छिटो–छिटो बेग हानेर उडिरहेका थिए । आज के भइरहेको हो ? सानु भ“गेरोलाई केही अत्तोपत्तो भएन ।
तल जमिनबाट उडेको धूलो माथि आकाशसम्म आइपुग्यो । सानु भ“गेरोलाई त बाटो देख्नै मुस्किल प¥यो । ऊ रुखको हा“गाबाट उडेर बिजुलीको तारमा गएर बस्यो । बिजुलीको तार र खम्बा पनि त बेस्सरी हल्लिरहेका थिए नि ।
“हैन, के भयो आज ?” सानु भ“गेरो छक्क प¥यो । कसैलाई सोधौ“ भने उसको नजिकै कोही थिएनन् । उसका बाबु र आमा दुवै चारा खोज्न पर–पर पुगेका थिए ।
सानु भ“गेरोलाई साह्रै खुलदुली लाग्यो । बिजुलीको तार जोडले हल्लिरहेकाले ऊ त्यहा“ एकैछिन पनि अड्न सकेन । ऊ फेरि पर पुगी एउटा घरको छतमा बस्यो । ज्या, घरको छत पनि त बेस्सरी हल्लिरहेको थियो ।
“सबै कुरा किन हल्लिरहेको छ ह“ ?” सानु भ“गेरोले अत्तोपत्तो केही पाएन । मानिसहरू नबुझिने गरी कराइरहेका थिए । हेर्दाहेर्र्दै उसले देख्यो– कही“कही“ त जमिन पनि चिरा पर्न थालिसकेका थिए ।
एकैछिनमा सानु भ“गेरोले कहिल्यै नदेखेको कुरा देख्यो । एकनाले अग्ला घरहरू सानुु भ“गेरोको आ“खैअगाडि गल्र्यामगुर्लुम ढल्न थाले । हैन के भएको यो, त्यस्ता ठूला–ठूला मान्छे बस्ने घरहरू समेत ढल्न थाले । यता रुखहरू पनि हल्लिरहेकै थिए । भ“गेरालाई लाग्यो— हाम्रो गु“ड पनि भत्क्यो होला । ऊ आफ्नो गु“डसम्म पुग्नै सकेन । किनभने तलबाट उडेका धूलोले उसले केही देख्न सकेको थिएन ।
सानु भ“गेरो एउटा पसलको ढोकामाथि गएर बस्यो । पसलमा उसले रेडियो बजिरहेको सुन्यो । रेडियोमा समाचार आइरहेको थियो । समाचारले भनिरहेको थियो—‘अहिले भर्खरै उपत्यकामा छ रेक्टर स्केलको भुइ“चालो जा“दा घरहरू भत्किरहेका छन् ।’
बल्ल सानु भ“गेरोले बुझ्यो, सहरमा त भुइ“चालो आएको रहेछ । उसले कान ठाडो पारेर रेडियो सुन्यो । रेडियोले भन्दै थियो, “मानिसहरूले आफू बस्ने घरहरू बलियोस“ग घर बनाएनन् । कमजोर जगका कारण ठूलो भुइ“चालो आउ“दा ती घरहरू लडे । त्यतिमात्रै होइन, भुइ“चालो आउ“दा कसरी सुरक्षित बस्नुपर्छ भन्ने कुरा मान्छेले बुझेनन् । भागदौड गरेर मान्छेहरू झन् धरापमा परे । उनीहरू सुरक्षाको उपाय जानेनन् । त्यसैले पनि धेरै मानिसहरूले आफ्नो ज्यान गुमाए ।”
एकै छिनमा कोलाहल कम हु“दै गयो । भुइ“चालो पनि थामियो । सानु भ“गेरोले अघि भर्खर रेडियोमा सुनेका कुरा सम्झ्यो — घर त सानातिना भुइ“चालोले हल्लाउन नसक्ने गरी बनाउनुपर्ने रहेछ । त्यतिमात्र होइन, भुइ“चालो आउ“दा आत्तिएर र डराएर भाग्न नहुने रहेछ । बरु सुरक्षित ठाउ“मा बस्नुपर्ने रहेछ ।
दमकलहरू प्या“प्या“ र पु“पु“ गर्दैं मानिसहरूलाई सेवा पु¥याइरहेका थिए । एम्बुलेन्समा मान्छेहरूलाई राखेर अस्पतालमा लगि“दै थियो । कुनै कुनै घरबाट सिठ्ठी बजेको पनि उसले सुन्यो । अनि उसले अघि भर्खर रेडियोमा भनेको कुरा सम्झ्यो— एउटा सिठ्ठी सधै“ आफूस“गै राख्नुपर्ने रहेछ । आपत पर्दा सिठ्ठी बजाउने हो भने मानिसहरूलाई फेला पार्न सजिलो हुन्छ । तुरुन्तै सिठ्ठी बजेका ठाउ“मा स्वयंसेवकहरू जम्मा भए । हेर्दाहेर्दै त्यहा“ पुरिएका दुई तीन जना मानिसहरूलाई निकालियो । ती मानिसहरूलाई केही भएको रहेनछ । उनीहरू सुरक्षित ठाउ“मा बसेका रहेछन् ।
सानु भ“गेरोले आज धेरै कुरा बुझ्यो । उसले फेरि रेडियोले भनेको कुरा सम्झ्यो — ‘प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन । सुरक्षा त आफूले गर्नु पर्छ ।’
सानु भ“गेरोले आफ्नो गु“डमा गएर हे¥यो । उसको गु“ड त सुरक्षित रहेछ । उसलाई लाग्यो, ‘मानिसहरूले बनाएका घरभन्दा त मेरै गु“ड पो बलियो रहेछ ।’
सानु भ“गेरो आना बाआमालाई कुरेर गु“डमै बसिरह्यो ।

— — —

प्रतिक्रिया दिनुहोस्

*