February 2014 का पोस्टहरू



चराको व्याकरण

- पेशल आचार्य फेरि उडे चराहरू अलिकति मनका बारीबाट अलिकति वनका पारिबाट चुच्चामा  चेपेका छन् रतिरागका समासहरू पखेँटामा बेरेका छन् सृष्टि सत्सङ्गका प्रत्ययहरू विचरा चराको जीवन त धातुझैँ रहेछ

किन होला ?

- रविन गिरी लाग्छ, म तिम्रै न्यानो ओढिरहेछु तिम्रै सास फेरिरहेछु तिम्रै आवाज बोलिरहेछु तिम्रै दृष्टि देखिरहेछु बाँचेको त म यसरी पो रहेछु ! किन होला, मलाई म पाउन तिमी चाहिएको ? मलाई मै बुझ्न तिमी चाहिएको ?

समय

- रक्षा पोखरेल भट्टराई कस्तो होला समयको फन्के भुमरी बालापनले विदा माग्यो फर्केर नहेरी ।