October 2013 का पोस्टहरू



देशजस्तै छ वर्तमान कविताको अनुहार

- गोपीकृष्ण ढुंगाना काठमाडौं ः सभ्यताको विकाससँगै कविताको पनि विकास भएको पाइन्छ । सुवानन्ददेखि सुरु भएको नेपाली कविताको लेखन परम्परा पछिल्लो पुस्ताकी सरस्वती प्रतीक्षासम्म लगभग उस्तै अनुहारमा देखिएको छ । किनकी उही समाजको कवि र उसले भोगेबुझेको पीडा र ज्ञान कवितामा पोखिँदैआएको छ । बुकवर्मले राजधानीमा आयोजना गरेको ‘एनसेल नेपाल लिटेरेचर फेस्टिभल’ को तेस्रो दिन […]

आदिवासी बयान

- पदम राई ‘युद्धविराम’ भोजपुर उकालो उक्लिन खोजें ओरालै झरें अगाडि बढ्न खोजें, झन् पछाडि परें हन्डर खाएँ, बिनाकसुर युगौंदेखि बाटो बनाउँदै हिँडेको मान्छे आफैं हिँड्न पाइनँ, आफूले बनाएको बाटोमा । असाध्यै तीखा आँखाहरू छन् बिछट्टै छिटा खुट्टाहरू छन् उत्पातै चलाख टाउकाहरू छन् तिनीहरूकै बीचमा छन् मजस्तै गरिखानेहरू भाकमै जिन्दगीको मिठास खोज्नेहरू

लाइपजीकदेखि लोपोन्मुख भाषासम्म

- कृष्ण धराबासी काठमाडौं, हाल ः अमेरिका पौने दुई घण्टामा हामी लाइपजीक विश्वविद्यालयको प्राङ्गणमा पुग्यौं । गाडीबाट उत्रे पछि मि. उल्फको पछि पछि हामी विश्वविद्यालयको पाँचौ तल्लामा जानको लागि लिफ्ट तिर लाग्यौं । लिफ्टमा पुग्नु अघि वरै आँगनमा तीनचार जोर केटाकेटी एकअर्कासँग कति मजाले लपक्क भएर ओठमा ओठ टाँसिरहेका देखिए । टाँसिरहेका मात्र हुन् कि […]