August 2013 का पोस्टहरू



जिन्दगी

- अनिल श्रेष्ठ जिन्दगी म जिन्दगी जिइरहेको छु म जिन्दगी महसुश गरिरहेको छु म जिन्दगी खोलाझैं बगिरहेको छु समुन्द्रको मझदारबाट म जिन्दगी किनारा पु-याउने कोसिशमा छु जिन्दगी शब्द मै ज्यान भरिएको छ यसैमा सबै बाँच्न चाहिरहेको छ यसैलाई सबैले खोजिरहेको छ, रोजिरहेछ ।

आफूलाई चिनाउन

- केशव खनाल अरुलाई चिन्ह के गाह्रो, आफैलाई बुझ्न झन साह्रो अरुको खुशी लुट्न के गाह्रो, आफ्नै आँंशु पुछ्न हो साह्रो आफूलाई चिनाउन सक्नेहरु हार्दैनन जिन्दगीमा सबैले देख्ने बाटो हिड्नेहरु थाक्दैनन जिन्दगीमा लाखौं मन्दिर बनाउन के गाह्रो एउटै द्यौता बन्न हो साह्रो