April 2013 का पोस्टहरू



हरिवंश आचार्य, टेन्सनै टेन्सन र चिना हराएको मान्छे

- गोपीकृष्ण ढुंगाना प्रत्येक वर्ष आजका दिन पत्नी मीराको जन्म दिन मनाउँथें । तर आज दोस्रो पुण्यतिथि मनाएर आएँ । उनलाई रातो सारीमा रंगीन रूपमा देख्थें । तर आज पहेलो रंगले पूजा गरेर आएँ । घरमा बाहिर छोरो थियो, म कोठाभित्र भक्कानिइरहेको थिएँ । दुःखबीच आज अर्को सुख मिसिएको छ । आज मेरो किताब निस्किएको […]

नववर्ष २०७०

- राकेश कार्की सूर्य जून ताराहरुले उज्यालो छरि हाम्रो भूमिमा ल्याए नववर्ष २०७० विदेशदेखि गोडाहरु समुन्द्र तरि लौ आए मनाउन नववर्ष २०७०   हुन्छन् विवेकी हुन्नन् भ्रष्टाचारी असल सोच देउ नववर्ष २०७० डुबाउदैनन् देश कालोधन्दाले व्यापारी लेनदेन सुपथ बनाउ  नववर्ष २०७०

आरोहणको तयारीमा

— प्रतीक ढकाल “माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।” “को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो । “तिब्बती हो रै’छ एउटा…..” अब भने गोपालदाइको अनुहारमा डरले डेरा ग¥यो । वहाँले पुलुक्क मेरा मुखमा हेर्नुभयो […]

कवि, कविता र टिकट

-राजकुमार रेग्मी एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म कहाँ छाड्छु ?’ यो चर्चित चुट्किलाको भाग दुई पनि छ । भाग दुईमा पनि पनि […]