October 2012 का पोस्टहरू



कोमल भट्ट

-कोमल भट्ट परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं अर्चना र पूजा आजा टिका टाला भन्दै सजाएका सपना हरु तुहाएर गयो दशैं   जसरि नि रीति रिवाज चाड मान्नु पर्दा नहुनेलाई ऋणैऋणमा डुवाएर गयो दशैं

देवताहरू

-सूर्य चापागाईं   ओसिला बादलले तिम्रो फराकिलो स्वर्ग छोप, जिउस अनि पहाडका टाकुराले र ओकका रूखहरूले ढाक थिसल्स फूलको टाउको निमोठ्ने बच्चाले जस्तै मनलाग्दो गर अझै मेरो पृथ्वी तिमीले फिर्ता दिनुपर्छ मेरो झुप्रो पनि जुन तिमीले बनाएनौ अनि मेरो चुल्हो मलाई छोदिदेउ जसको न्यानोपनाको

मेरो अनुपस्थिति दशैंमा

- दीपेन्द्र “अपजसी” हो ! यसपालि पनि  म आउन पाउँदिन  दशैंमा । यसै सिजनमा भिक्टोरिया क्रस खोज्नुछ अफगानिस्तान वा इराकतिर परमवीरचक्र खोज्नुछ कारगिल, जम्मू वा यतै कतैतिर । म आफनै सीमामा उभिएर देशलाई जमराले सिँगार्नुपर्ने वेला दिनभरी अलकायदा खोजेर रातभरी अनिदो वसेर त्यतिवेला  म लडेको हुनेछु ह्वीस्कीको मातले वा ढलेको हुनेछु

रक्सी

-विवेक दुलाल क्षेत्री लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ . सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती च्यापेर आउने गर्थि .ज्वाई चाहिँ इन्डियाको लाहुरे भएकाले बेला बेलामा मात्र लेप्चा लेप्चिनी बज्यैसित गफ हुने गर्थ्यो […]