July 2012 का पोस्टहरू



कमिलाको डाक्टर

—गोपीकृष्ण ढुंगाना (बालकथा) बिहानको ९ बज्यो । रियाज सधैंझैं घरको पेटीमा बसेर स्कूलबस कुरिरहेको थियो । रियाजसित उसका बाबा पनि हुनुहन्थ्यो । रियाज यताउति हेर्दै थियो । त्यहाँ उसले कमिलाको ताँती देख्यो । त्यही बेला कमिला कहिले रियाजको खुट्टामा त कहिले हातमा उक्लिन थाले । ऊ तिनलाई हल्लाएर फ्याँक्न थाल्यो । एकछिनपछि रियाज कमिलाको ताँतीलाई […]

सुजन उडे आकाशमा

– कृष्ण शाह यात्री कथा सुजन जिज्ञासु स्वभावको थियो । “चराजस्तै आकाशमा मान्छे उड्न सक्ने भए कति रमाइलो हुन्थ्यो होला ? हात्ती जस्तै पढ्न नपरे कत्ति मज्जा हुन्थ्यो ।” ऊ यस्तै–यस्तै कुराहरु सोच्ने गथ्र्यो । एक रात ऊ सुतिरहेको थियो । अचानक उसको शरीरमा पखेटा पलाउन थाल्यो । हेर्दा हेर्दै उसको शरीरको कपडा गायब भयो […]

ज्यामीपत्नीको घोषणा

-कृष्ण जोशी यो त्यही आँगन हो जहाँ आएर आत्महत्या गर्छु भन्थें अपशोच ! यस अर्थमा भयो कि आत्महत्या गरिसकेछन् यहाँ नै झुन्डिएर मभन्दा पहिले दैव अनि धर्म दुवैले मृत्यु भएको थियो यही आँगनमा त्यो अग्लो घरको आठौं तलाबाट खसेर

ज्याद्रो लिगलिगकोट !

–युवराज नयाँघरे चारै बजे ब्यँुझायो कोकले कराएर ! हिजोको लम्काइले खुट्टामा कैँडा लागेथे । थिल्थिलाएको जीउ गलेथ्यो झरीले । पानीमा भिजेका लुगा उसिनिएर गन्हाएका थिए । तैपनि यी सबै कुरा थन्किए त्यत्तिकै । आँखाको बिख मरेथ्यो मज्जाले । मैले मनलाई भनेँ, तैँ चुप मै चुप ! बिहानै जङ्गल पसियो र हलुक्याइयो जिउ । साथीहरु सभा […]

जुनेली हौ तिमी !

-सूर्य चापागाईँ तिमी जून हौ कि जुनेली तिमी हौ ! कतै पूर्णिमाकी उजेली तिमी हौ ! भयो बाग प्यारो तिमी आउनाले जसै चिर्बिरायौ जुरेली तिमी हौ ! कढा धूपमा सासको धाप बढ्दा खडेरी पवनकी सुरेली तिमी हौ ।

आग्रह

-जीवन खत्री दोश्रो पुरस्कार (३०० डलर) प्राप्त कविता तिमी जाँदा, आफू संगै लगेछौ एक अन्तरा हिउँको गीत एक अञ्जुलि झरनाको प्यास भञ्ज्याङको एक थुङ्गा गुराँस र गाउँको एउटा मुस्कान पनि, लगेछौ र संगै लगेछौ पोको पारेर अलिकती तिमी जस्तै चञ्चल देश तिमी गए देखि नै हो, फूलको अलिकती मुस्कान हराएको आकाशले अलिकती निलो रङ गुमाएको, […]

एक दिन

- नारायण तिवारी यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ । […]

अविजित प्रदेशका अविजेय योद्दाहरु

- गणेश खड्का १००० डलरको पुरस्कार प्राप्त आजको चर्चित कविता अग्घोर मानवेतर मान्छे जस्ता आकृतिहरु युद्दोन्मादमा आकाशको फैलावट र धर्तिको विशालता सिमातिक्रमण गरेर मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’ को खण्डित भागबण्डा लगाउँछन् र ईप्सित एकलकाटे इमारत प्राप्तार्थ ओठ निचोर्दा दुध आउने भुराभुरिलाई रक्षा कवच बनाएर निहित स्वार्थको अडबाङ्गे युयुत्सा कुर्लिरहन्छन् खोइ, मान्छेको जात नै कहाँ […]

मलाई नसोध कहाँ दुख्छ घाउ ?

-नरेन्द्रराज प्रसाई   कतिकति आँखाहरु बाटो छेक्न आँउछन् परेलीमा बास माग्न कति आँखा धाँउछन् । हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृत्रि्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकैधोका दिएको थियो । यति हुँदाहुँदै पनि नेपाली भाषासाहित्य […]