June 2012 का पोस्टहरू



मुनालाई मनपत्र

-जगत नवोदित, बेलायत झुपडीको पीरो धुँवासँगै आँखामा आशाको दियो बलेको होला तोरीबारी भएर सपना बाटोभरि फुलेको होला साउने भेलझैं उर्लेको वैंश छड्के तिलहरीले बाँधेकी हौली सबै सबै रहरहरू सिन्दुरको बट्टाभित्र राखेकी हौली कति कठोर यो समय तिम्रो संझना बोकेर मरुभूमिमा बाँझो तिर्खा बाँचिरहेछु म । बुद्ध हाम्रो रहर युद्ध हाम्रो जिन्दगी

समयसँग युद्ध

— ठाकुर बेलबासे बिहानीसँगसँगै उदाएका हजारौं सूर्यहरू कहाँ हराउँदै छन् कहाँ हराउँदै छन् सपनाका लाखौँ ताराहरू किन आकाश यसरी रित्तोे बन्दैछ ? आआफ्ना गीत गाउँदै चराका बथानहरू एकसाथ उड्नसक्ने झुल्कँदै गरेको बिहानी कहाँ गयो ?  

वेदनाका शूलहरु

-विष्णु गौतम सन् २००८ को २७ तारिखको टेलिफोनवार्ता नै म र मेरो छोरा कुमार वीचको  अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने निर्णय गरेछ । “बुबा म घर आउन अलिक ढिला हुन्छ है” उसले फोनमा भनेको थियो […]

चौबन्दीमा…

-शान्ता गौतम चौबन्दीमा सजेकी झुपडीकी रानी आइदेउन मनभरि सबै आफ्नो ठानी । पर्खिरहेछु तिम्रो बाटो ईश्वरलाई भाकी धुपी दुबो गाँसी माला स्वयंबरका लागि । दिलको ज्योति जलाइरहेछु साँझ बिहान पनि एउटा लाली फुलाइदिएँ तिमीलाई नै भनी ।

भोको राक्षस

-गोपीकृष्ण ढुंगाना ‘अब म तिमीहरुलाई खान्छु’, लामो कपाल, दाह्री र दाह्रा भएको अग्लो मोटो राक्षस छेवैमा आएर गर्जियो। चउरको कुनामा बसेर खाजा खाइरहेका रमेश, नरेश, स्तुति र स्मृति डराए, अतालिए र रुन थाले। बस्तीभन्दा केही परको सरस्वती प्राथमिक विद्यालय जंगलको छेउमा थियो। खानेकुरा नभेटाएपछि त्यो बडेमानको राक्षस स्कुल पुगेको थियो। उसले यसैगरी दुई वर्षअघि पनि […]

मन दुख्छ

– राजुराम मुनंकर्मी  मन दुख्छ कता कता,अविस्वासै गरेपछि सुख,चयन छैन अचेल,अन्तर्घात नै भएपछि जसले जान्यो उसैले हान्यो,सत्यको जमाना रहेन सड०लो पानी दुषित बन्छ,विषको छिटा परेपछि

अर्को दिन

- दीपा लिम्बु राई बुद्ध र गान्धीलाई नजिक राखेको छु म युद्धविरोधी मानव युद्धकालको यो समय पेट्रोलले मलाई नै खोजिहिड्छ ? राइफलको व्यारेलले मलाई नै ताकिरहन्छ । युद्ध विमानले मलाई नै खेदिरहन्छ । के म दुस्मन हुँ ? के म शत्रु हुँ ? कसरी म दुस्मन हुँ ? कसरी म शत्रु हुँ ? यो जीवनको […]