May 2012 का पोस्टहरू



मेरो देश हाँसिरहोस्

–अरुणबहादुर खत्री ‘नदी’   म जन्मेको यो देश   जून घाम सरी   हाँसिरहोस् सधैँभरी   हिमचुलीका सेता थुम्का   चुम्दै वरिपरि   पूर्व मेचिदेखि   पश्चिम महाकालीसम्म   म जन्मेको यो देशभित्र   नौलो किरण छाओस्   युगौयुग भरि   मेरो देश बाँचिरहोस्

नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार २०६९

प्रस्तावना यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डो¥याउन यसले पर्याप्त योगदान पु¥याउने आशा गरिएको छ । भाषाको सम्प्रभुता यसका प्रयोगकर्तामा निहित हुन्छ […]

नेपाली भाषामा बल्झाइएका समस्या र तिनको समाधान

— डा. खगेन्द्रप्रसाद लुइटेल भाषा हरेक जाति र राष्ट्रको पहिचान हो । भाषाभित्र अनेक संस्कृति समेटिने हु“दा यसलाई महासंस्कृतिका रूपमा लिन सकिन्छ । यतिखेर नेपाली भाषाका बारेमा अनेक चर्चापरिचर्चा गर्ने क्रम बढ्दो छ । बेलाबखत कतिपय अभियान, आन्दोलन, गोष्ठी, प्रकाशन आदिका माध्यमबाट नेपाली भाषासम्बन्धी चर्चा अगि बढाइएको पनि पाइन्छ र तिनले नेपाली भाषाको विकास एवं […]

‘बन्द मन्त्रालय’ खोल्ने कि ?

-राजकुमार रेग्मी  एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर दाँत मेरो होइन। टोक्छ कि टोक्दैन यसैलाई सोध्नु नि !’ साँच्चै, आफ्नो दाँतको पो जिम्मा […]

विश्व कविताको मञ्चमा हाम्रो सानो कुनो पनि धपक्क बल्छ : मनु मन्जिल

-पदम गौतम समकालीन नेपाली कविता विश्वस्तरमा कति अग्लो छ भन्ने ठान्नु हुन्छ ?   एकाध समस्या छन् । नत्र विश्व काव्यिक मञ्चमा हाम्रो कुनो पनि उज्यालै छ । हामी साह्रै कलामा विश्वास भएका मानिस होइनौं । हाम्रो वेग एकदमै लोभलाग्दो छ तर प्रविधि एकदमै कमजोर । कुनै भावना वा विचार नयाँ रुपमा आएपछि हामी फटाफट […]

स्व खवरदारी

-मथुरा सैंजु नखाने चिज खाएर बरबाद परें आफै नै, नगर्ने काम गरेर धोका खाएँं आफै नै । नबोल्ने बोली बोलेर शत्रु भएँं आफै नै, झुठको यो दुनियाँमा झुठा भएँ आफै नै ।