March 2012 का पोस्टहरू



लौ चिनौं चोरीको बात लागेका स्रस्टालाई…

-कृष्ण अविरल  चोरी आफैँमा अपराध कर्म हो । साहित्यिक सिर्जना चोरी त झन् बनिसकको र बन्दै गरेको सामाजिक इज्जत, प्रतिष्ठासमेत आफैँले धरापमा पार्ने काम । यस्तो चोरीको अभियोग लागेकै कारण शंकर लामिछानेलगायत कतिपयले लेखनबाटै सन्यास लिएका छन्, महेश प्रसाईलगायतका कतिपयलाई सामाजिक रुपमा मुख देखाउनै नमिल्ले अवस्था उत्पन्न भएको छ । तैपनि यस्तो चोरी रोकिएको छैन, […]

यसरी भत्किए कविजी

–माधव सयपत्री अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् र मसित अन्तरङ्ग कुरा गर्न पनि भ्याएका छन् । बाइक हकाइबाट थाहा लाग्थ्यो– उनी एक […]

त के भो ?

-शिवप्रसाद उप्रेती डाह किन, कोही रमायो त के भो ? संसारमै बर्चस्व जमायो त के भो ? सर्वहाराका लागि भन्दै कसैले, अकूत पैसा कमायो त के भो ? सुकुम्बासीलाई घरबार भन्नेले। आज दरबार बनायो त के भो ?

छोरीलाई विद्यालय भर्ना गर्दा…

– करुण ढकाल केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ कामलाग्दो नभएको उनको निष्कर्ष थियो। त्यसैले छिमेकी मित्रलाई साथ लिई म राम्रो पढाइ हुने […]

त्यो विचरो !

-शुषमा मानन्धर आज बिदाको दिन । स्कूल जानु पर्ने कुनै हतार थिएन । चिया पिएर कौसीमा घामको आनन्द लिएर बढार्दै  थिएँ । अरुबेला भागदौडको जिन्दगीमा फुर्सदिलो भएर ढँगले केही गर्न भ्याउने पनि होइन । त्यसो त , भन्नलाई म एक्लै छु । त्यतिविघ्न बितिहाल्ने काम के छ र भन्ने पनि लाग्न सक्छ तर आँखाले देखेजत्तिको […]

अध्यारो छायाँ

–किरण गजुरेल “हेल्लो ¤” “म रानो माहुरी हातमा नचाउँदै छु एक्कासी यादले छोप्यो ।” “कस्लाई खोज्नुभयो ?” “श्यामजी हुनुहुन्छ त ¤” “उहाँ त बाहिर गइसक्नु भयो, भरेमात्र फर्किनु होला ¤ केही छ भनिदिनुपर्ने ?” “भन्न त धेरै भन्नु छ, सायद उहाँलाई तपाईंले ती सबै प्रस्ट्याउनलाई गाह्रो होला । उहाँलाई नै भेट्दा भन्नुपर्ला ¤” “को बोल्दै […]