January 2012 का पोस्टहरू



शान्ति, शान्ति, शान्ति…

- अनिल श्रेष्ठ हे बुद्ध, खोजिरहेको छु मैले यहां …… शान्ति, शान्ति देऊ न हामीलाई यस धर्तीमा एकपल्ट फेरी …… शान्ति, शान्ति करुणा, दया, मुदिता संगसंगै हिमाल, पहाडदेखि तराईसम्म जगाईदेऊ न फेरी …… शान्ति, शान्ति हे कृष्ण, यस दुनियांको कुरुक्षेत्रवाट खोजीदेऊ न मलाई यहां …… शान्ति, शान्ति

मन्थली, मकैको खेती र स्रस्टा जमघट

-गोपीकृष्ण ढुंगाना पुगेकै साँझ थाहा भयो, रामेछापको मुहार एक्लो प्रयासले फेरिएको रहेछ । सुनेर होइन, देखेपछि पत्याउन करै लाग्यो । रामेछापका बस्तीबस्ती पुगेर सरकारले त्यहाँको जीवनस्तर सुधारेको होइन रहेछ, झन्डै तीन दसक निरन्तर समर्पित भएर लागेका रामेछाम मन्थलीका जगदीश घिमिरेले पो रहेछ । त्यसो त विकास निर्माणको कार्य एक्लै त किन हुन्थ्यो र ? तर […]

रातको अँगालोमा…

-राजु दहाल रात हामीलाई आफ्नो अँगालोमा लुकाउन सफल भैसकेको छ , घामले त निकै अघि बिदा मागीसक्यो । छुट्नलाई गारै परेरै त होला नी एकछिन पहिले माथि डाँडाबाट लुकामारी खेल्दै थियो रबि । आकाशमा ताराहरु चम्कन लागीसकेछन् तर मेरो मनको आकाशका ताराहरु रातको चकमन्नतासँगै गायब छन् ।

उपन्यास लेखिरहेको छुः सम्राट उपाध्याय

-गुणराज लुइटेल सम्राट उपाध्याय अंग्रेजी संसारमा लोकप्रियताको सिढी चढ्दै गरेका नेपाली लेखक हुन् । अमेरिकाको इन्डियना युनिभर्सिटीमा सिर्जनशील लेखनका प्राध्यापकसमेत रहेका उनी बेलाबेलामा आफ्ना विद्यार्थी लिएर काठमाडौं आउने गर्छन् । यसपटक पनि उनी दुईजना विद्यार्थी लिएर स्वदेश आएका छन् यहाँको सांस्कृतिक र साहित्यिक अन्तत्र्रिmयाका निम्ति । उनका चार कृति ‘एरेस्टिङ गड इन काठमाडौं’ (२००१), ‘द […]

सुहागरात

  -सुमित्रा पौडेल ”आँचल”   दुर्घटना भन्नु  कुनै ठाउँमा ठक्कर खाएर शरीरमा लाग्ने चोट मात्र  रहेनछ  यो पनि  जिन्दगीको  ठुलो दुर्घटना रहेछ   !  तर म बाँच्न सफल भएकि छु  र  मलाई  बाँच्नु पनि  छ …हिजो सम्म म मेरै जिन्दगीका कथा र व्यथाहरु मन भित्रै दबाएर आँशु र हाँसो लिएर खेल्दै थिएँ तर आज तिनैलाई  भाषा या […]

खुट्टा-मन संवाद

-हरिवंश आचार्य मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ मन- त्यहाँ गएर केटी हेरौं न खुट्टा- बरु घरमै गएर आराम गरौं न मन- त्यहाँ गएर ‘इस्क’ लडाउन खुट्टा- मनतातो पानीमा खुट्टा ढड्याउन मन- घर त अहिले म जाँदै जाँदिनँ खुट्टा- म तँलाई अन्त कतै लाँदै लाँदिनँ […]

सभासद् कि साढे सात ?

-हिरालाल आचार्य ‘अनारबाजे’ उज्यालोको आश थियो ल्यायौ कालो रात सभासद् हौ कि तिमी हौ कि साढे सात । जुवाजस्तै राखिदियौ देश आज दाउमा नदीबीच हेलिदियौ माझी छैन नाउमा । कोही बने रावण आज कोही बने कंस मधेस पहाड फुटाएर लगाउँदैछन् अंश ।

सिलोङमा डायरी हराउदा…

— डा. खगेन्द्रप्रसाद लुइटेल गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि गुवाहाटी गएका बेला सिलोङ पनि जाने कार्यक्रम काठमाडौंबाटै तय भइसकेको थियो । मलाई सिलोङ लिएर जानका लागि गुवाहाटीको कार्यक्रम समापनकै दिन सिलोङको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक मेरा प्रिय विद्यार्थी टेकनारायण उपाध्याय आइपुगेका थिए । पुस २७ गते बिहान सबेरै गुवाहाटी विश्वविद्यालयको गेस्ट हाउसबाट […]

बलात् सेन्टर

-तिलकप्रसाद सापकोटा गंगा, चटक्क परेर आइछौ त ? जस्तोसुकै हुँ के चासो ? प्रशंसा गर्दा पनि रिसाउनुपर्छ ? जिस्काएको पनि कहीं प्रशंसा हुन्छ ? कहिलेकाहीं जिस्किनु स्वाभाविकै हो । अझ एउटै शाखामा बसेर सँगै काम गर्दा माया पनि लाग्छ नि । प¥या छैन माया गर्न । गणेशको केटीसँग जिस्किने बानी आजको होइन, विद्यालय पढ्दादेखिकै हो […]

मन

-तोया गुरुङ दुख्छ मानिसको नदुख्ने छाती यति कोलाहल यो बीभत्स त्यहां घाम र, यहां म उनको पोटिलो शरीर तर उनको