December 2011 का पोस्टहरू



बिहेअघिको रात

-इन्दिरा प्रसाई “अहिले कस्तो छ तपाईंलाई ?” उनले फेरि पनि सोधेकी थिइन् । “म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए । पा“च घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवलाई निदाएको जस्तो देख्ता ˚र्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय […]

मेरो नयाँ नेपाल !

- छविरमण सिलवाल नयाँ सडकको पिढीमा बसेर नयाँ नेपालको मेरो शरीर निहाले तिल चामल फूलेका मेरा कपालमा कालो दलेर मैले बुढ्यौली कम गरेको थिए नयाँ सडकमा बसेर मैले आफैले आफैलाई निहाले घडि हेरें दिउँसोको एक बजेको रहेछ घडि कहाँ बनेको रहेछ हेरे मेड इन जापान

पेट्रियोटिक इन्लाइटमेन्ट

- शिव प्रकाश “तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ– ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन, डराएको हो– मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स बनाएको यो संसार हेरेर मान्छे अझै रमाइरहेका छ तर ईश्वर हेर्न डराइरहेछ । ” […]

पथिक सम्झी…

-गोपीकृष्ण ढुंगाना पथिक त्यति लामो यात्राभरि न एक शब्द बोलिन् उनले, अधरभरि संगालेको न त्यो मुस्कान खोलिन् उनले । यौवनको बगैंचामा बैंश फुले’थ्यो ढकमक्क, फूलैफूलको बास्नाभित्र कसलाई राख्या होलिन् उनले ।

कागजको मान्छे तिमी !

-विक्रम तिमिल्सिना उड्यौ हूरीबिना नै सिरिरिरी बतासले ! . म प्रार्थना त गरुँला, तर पनि हावाहूरी बाढीभेल त अवश्य आउनेछ ।

पासपोर्ट र जुवा

- दीपेन्द्र के.सी. खालमा अन्तिम दाउ, द्रौपदी राखेर आशा विछयाउँछ युधिष्ठिर ! जव पासा फिंजारिञ्छ पश्चतापमा झोक्रिन्छ नतिजा वोकेर युधिष्ठिर ! आज धेरै युधिष्ठिरहरु हरिया, राता पासपोर्टहरु वोकेर

आत्माग्लानी

-बसन्त श्रेष्ठ ‘क्षितिज’ धोएर सुकाए झै खुम्चिएर मुजा मुजा परेको निधारको रेखीसँग ऊ मेरो सामुन्ने उभिएको थियो । “हजुर दुई दिनदेखि भोकै छु” याचिकाको कटौरा फैलाई हाल्यो । ‘म पनि भोकै छु’भनिदिउ झै लाग्यो । अभावले,सरापले खर्लप्पै निलेको शरीर देखेर केही बोलिन । दुनियाँको नजरमा ऊ माग्ने थियो । आफ्नो नजरको गणनामा म माग्ने थिए […]

रसिला, चोटिला, जोसिला…

-तिलकप्रसाद सापकोटा  यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो फुकाएर वरिपरि छरिदिँदो रहेछ । त्यो क्षण आकाश खुलेर झलमल्ल घाम लागेपछिको प्रकृतिजस्तै

कलकलाउँदो जोबन

-पूर्ण बन्धन नचाहेरै लौ जमानामा, कुरा धेरै देखिएछ । कथा व्यथा गजलमा, आफ्नै धेरै लेखिएछ । चोक्टा खाने आस गरी झोलमा डुब्नभनी हाम्फाल्ने ती वैगुनीको, बाटो धेरै छेकिएछ ।

पेसा

-इन्दिरा प्रसाई क्याम्पसमा वादविवाद प्रतियोगिताको आयोजना गरिएको थियो । आज सँधै भन्दा ठूलो संख्यामा विद्यार्थीहरुको उपस्थिति थियो । आजको कार्यक्रममा प्राध्यापकहरुको पनि निकै ठूलो संख्यामा उपस्थिति देखेर सबै विद्यार्थी र कर्मचारी छक्क परेका थिए ।