October 2011 का पोस्टहरू



सरदार रूद्रराज पाण्डे

- नरेन्द्रराज प्रसाई सरदार रुद्रराज पाण्डे संवत् १९५७ साल फागुन २६ गते पद्मराज पाण्डे र टीकालक्ष्मीका सुपुत्रका रूपमा काठमाडौँमा जन्मेका थिए । पाण्डेका पुर्खा गोर्खाका शाह र पाल्पा अनि तनहुँका सेन राजाहरूका गुरु थिए । सरदार पाण्डे नेपालका एउटा नागरिक मात्र थिएनन्; नेपालका एउटा होनहार, त्यागी र तपस्वी व्यक्तित्व थिए । पाण्डेकै दूरदर्शी सोचाइको कारण […]

हाम्रा राम

- तिलकप्रसाद सापकोटा म बसेको घरमा एकजना राम छन् । उनीसँग नजिक भएदेखि एक महिनासम्म मैले उनका सबै क्रियाकलाप नियालें । यतिन्जेलमा उनले अठारभन्दा बढी रामावतार लिएछन् । तिनले त्रेतायुगका अयोध्याका राजा रामचन्द्रदेखि हाम्रा गाउँका तल्लो टोलदेखि माथ्लो टोलसम्म र बजारका विशाल भवनदेखि कोठासम्मका रामावतार लिन्छन् । अयोध्याका रामका बारेमा वर्णन गर्न आदिकवि भानुभक्त आचार्यले […]

ल्याम्पपोस्ट

- मनु मन्जिल निभेर दिनभर उभिन्छु अचेल सडक किनारामा बाँच्नै नहुने धेरैजसो दिनहरु बाँचेर मात्र आयु नाघ्न नसकेर उभिएजसरी । यति खराब जिन्दगी पनि अभिनय होइन । यो विनाअर्थ उभिनु पनि सपना होइन ।

महामन्डल साहित्ययात्रा

-डा. खगेन्द्रप्रसाद लुइटेल कहिले एक्लैदुक्लै त कहिले समूहमा यात्रा प्रशस्तै गरिएको छ। यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो, महाम8डल साहित्ययात्रा। नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो। गाउमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले स्वीकारेको थिए। यात्राको तिथि आइपुग्यो। प्रथम गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बिहान थालिएको थियो […]

मृत्युको शब्दकोष

-प्रमोद स्नेही भोलि बिहान उदाउने सूर्य म देख्छु देख्दिनँ, त्यो मलाई पनि थाहा छैन। तर यो सत्यदेखि भने म अनभिज्ञ छैन। कुनै दिन मैले पनि यसरी नै जल्नुपर्छ यो चितामा जसरी संवेदनहीन भएर जलाई रहेछु अरु परिचित अपरिचित थुप्रै थुप्रै मान्छेका लासहरु। . . . यो आगो साह्रै साह्रै बेइमानी छ। कुनै दिन मलाई पनि […]

थुइक्क तोरीलाहुरेहरु

-केशु बिरही हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्वेदारी संहालेका बुढा गाउँघरमा पनि त्यही […]

विज्ञान : कविताको सन्दर्भमा

-डा. ईशान गौतम आज विश्वका अन्य विशेषतः विकसित मुलुकहरूमा विज्ञान कविताले आङ्गनो भिन्नै धार स्थापित गरेको छ।  द वर्ल्ड टरेजरी अफ फिजिक्स, अस्टरोनोमी एन्ड म्याथेम्याटिक्सका सम्पादक टिमोथी फेरिसकाअनुसार विज्ञान कविता हुन्छ भने विज्ञानको पनि कविता हुन्छ। विज्ञान (वा) विज्ञानको उद्भव भएको प्रकृतिक चिन्तन दर्शनले कविहरूलाई ती सामग्री प्रदान गरेको छ, जसले केहीलाई वैज्ञानिक चिन्तन, सोच […]

मधुरात

-इन्दिरा प्रसाई “अब तिमी यसरी नहिँड । निर ! तिमी नहुँदा मलाई निराश लाग्छ । अब उनीहरूलाई डुलिहिँड्ने काम गर्न सक्तिनँ भनिदेऊ न ।” आकृतिले आज पनि निराकारका छातीको रौँ उखाल्न खोज्दै भनेकी थिई । निराकारलाई आकृतिले उसका छातीको रौँ दुख्ने गरी तान्दिएको साह्रै मन पर्छ । त्यो रौँ तानिँदा उसलाई अति आनन्द आउँछ । […]

मिर्मिरेमा लाली छरी…

-विपिन किरण मिर्मिरेमा लाली छरी किरण खुलेसरि मनको सगरमा तिमी हुन्छौ सधैंभरि तिम्रो मेरो यो नाता नटुटोस् मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्। बोलूँ भने सबले सुन्लान डाक्छु परेलीले सुन्लान छातिभित्रै पस छोप्छु भन्छ कलेजीले जुनी जुनीसम्म खोजेर थाकोस् भगवानले पनि तिमीलाई नभेटोस्।

यो जिन्दगी यस्तै छ…

-दिनेश अधिकारी जिन्दगी यो यस्तै छ किस्ताबन्दी साहुको रिन तिरेजस्तै छ उसको चित्त दुख्ला भन्यो आफ्नो इच्छा मार्दै गयो उसको निम्ति बाटो छोड्यो आफू पछि पर्दै गयो जहिले पनि आफूलाई अचानोमा राखेजस्तै छ