July 2011 का पोस्टहरू



एक्ली षोडसी …

-अवतार ढकाल एउटा एक्लो खम्बामुनी एउटी एक्ली, फगत एक्ली षोडसी बसिरहेकी छिन झोक्राएर । वादलले ढाकिएको छ उनीमाथिको आकाश र कुहिरो भित्र क्रमश हराइरहेछ एउटा कालो काग सायद उनी पनि हराएकी छिन

तरङ्ग

 -राजुराम मुनंकर्मी देशमा लोकतन्त्र आईसकेपछि पहिले नै निर्माण भईरहेको एउटा विशाल तलाउलाई पुननिर्माण गर्नुपर्ने सवैको ठम्याई रह्यो । लोकतन्त्र आउनु अघि सो तलाउमा दमन र निरड्ढुशताका तर ङ्गहरु मात्रै उग्ररुप लिंदै तरङगित भईरहे । त्यसका सामु अन्य तरङ्ग हरुले शिर उठाउनै सकेनन् ।

झुम्के चुरा…

-गोपीकृष्ण ढुंगाना झुम्के चुरा बजाउदै अलिकति लजाउदै आए म त तिम्रा सामू सानो संसार सजाउदै । चोरीदेउ लुकाइदेउ षोडसी यो जोवन तिम्रै आशमा धरमरिदै बांचेको चोखो मन । तिम्रै लागि टिपी हेर आकाशको जून पनि चाहिदैन बरु मलाई एक नम्बरी सून पनि ।

उस्तै दुख्छ देश यहा पनि

- राजेन्द्र शलभ कसैले सोध्नु अघि म आफ़ै भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर

प्रेमा शाहले ‘ढिला विष’ को नाउँ ‘शिरीषको फूल’ राखिन्

 पारिजातको जीवनकथा – नरेन्द्रराज प्रसाई   पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।

यस्तो पो खुसी …

- तिलकप्रसाद सापकोटा संविधानसभाको छाँटकाँट देखेर होला, टपरे, क्षेत्रे र मदिसे, पञ्चे ‘हामी दिन्छौं शान्तिको खुसी’ भनेर । एकएक दिन भए पनि बन्द गराएर शान्ति देखाइदिए । दुई दिनमा पूर्व मेचीदेखि पश्चिम महाकाली नेतादेखि मजदुर सबैले गज्जबको शान्ति अनुभूति गरे । यसपछि अरु पनि कस्सिए । हाम्रो पर्यटन वर्ष सफल पार्न आएका विदेशी पनि नौलो […]