'कविता' वर्गका पोस्टहरू

विषाक्त वर्तमान

- विवेक दुलाल क्षेत्री ‘दमक’ अहो पराक्रम तिम्रै छ निर्दोश पशु बध गरेर महाभारत ब्युझाउछौ राता सेता तुल टागेर सधै झिलिमिली भएको छनक दिन्छौ बाटै भरी सडक मर्मत नगरेर केही नथापाएको ढ्वाङ्ग पिट्छौ र आफ्नो आत्म रतिको साम्राज्य बिस्तार गर्न अबिर लगाएर एफ बि का भिताहरूमा धृस्टतापुर्बक चिप्किन्छौ ।

जिन्दगी नै समर्पण

– जगद् गुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराज निश्वार्थ  मनमा मेरो , राष्ट्र नै थियो जीवन। हे बत्सल्यमयी  आमा, जिन्दगी छ समर्पण ।।१।। नेपाली कन अर्काले , उपेक्षा नगरिकन । सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।। गौरवै गाउँछन  आफ्नो, राष्ट्रकै गरि चिन्तन । सम्मान पाउँछन आफ्नो, राष्ट्रकै गरी पुजन।।३।। सर्वस्व जिन्दगी मेरो, मन […]

रिङटोनको देश

- मनोज बोगटी हेल्लो… -क्याफेमा ? -ओके, ल ल… मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबीच मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई जीउ जोगाउन साह्रो यो रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र बिलाइरहेछ रायोको साग उम्रिने गाउँको सातो। कति छिटो उभियो हँ हेल्लोहरू कै ईंटाले गाउँको ढुकढुकी। बाख्रा खान पल्केको चितुवा बस्ने डॉंड़ामा टावर बस्छ त्यसले बाख्रा मात्र खॉंदैन मान्छे […]

मृत्यु मलामी

-जय  प्रकाश विवश म मृत बाँचेको छु आफ्नै संसारको मृत्युमा मलामी हुने तयारीमा छु . हो म मरेको छु आफ्नैको घातले आफ़्नैको बातले साच्चै म मरेको छु आफ्ना सपनाको मलामी , म आफै हुनु, मेरो बाध्यता भएको छु झुटो संसारको झुटा मान्छेको जालमा आफु राख्दै उसकै खुसीको प्रार्थना गर्दै . हो म मरेको छु

काठमाडौं

वीरेन्द्र नेपाल मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं फोहोरको डङ्गुर बनिसकेको छ, सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ । संस्कृतिको धरोहर मानिने काठमाडौं विदेशीहरुको ट्वाइलेट बनेको छ, विश्व सम्पदाको सम्पत्ति मानिएको काठमाडौँ हत्या, हिंशा र आतङ्क मच्चाउने स्थल भइसकेको छ ।

कविता यस्तो होस अब

– जय प्रकाश विवश अचेल संसार एक्लो छ रित्तो रित्तो छ किन मनले यसरी हतासिएको अनुभूति गर्छ खाली सन्नटा र रित्ततामा चलेको छ मेरो आफ्नो संसार।। होला तिमी हाँसेर बसेको देखेर आज म पनि मुस्कुराएको

मृत्युहरू

विप्लव ढकाल पार्कमा बसेर घाम तप्दै रूँदै बदाम खाँदै मरिरहेको छ तिम्रो कायर बाबु ! सोध उसलाई ऊ किन जुलुसमा जाँदैन ? जंगलमा घाँस र दाउराको भारी उठाउन नसकी गोबरमा मुख जोतेर मरिरहेकी छ तिम्री वृद्ध र रोगी आमा !

कठै नयां नेपाल

नारायण पन्त अझै आशा थियो तिमी शान्ती र विकास संगै फर्कने द्दौ फेरि पनि एक्लै  आयौ आम जनतालाई  निरास पारयौ कहिले यस्को नाममा कहिले उसको नाममा यो देशका डाक्टर, वैद्य हौं भन्नेहरुको स्वार्थको डोको कांधमा हालेर

ऐतिहासिक मुकुन्डो

-अनुप जोशी   सबैभन्दा सजिलो हुन्छ कहिल्यै नदेखेको अनुहार सम्झिन   जुनको चमकता लेपेर उज्यालै उज्यालो छरिदिए पनि हुन्छ फूलको कोमलता मिसाएर मनैभरी सुम्सुम्याईरहे पनि हुन्छ हुन्छ-कल्पनाको क्यानभाषमा कलेवर रंगहरुले मनमौजी

देशका दुस्मनहरू

—कमला अत्री प्रेमका नाममा पीडा दिनेहरू सुखका नाममा दुःख थोपर्नेहरू शान्तिका नाममा क्रान्ति जन्माउनेहरू अर्थात् धर्मका नाममा पाप गर्नेहरू आखिर के चाहन्छौं तिमीहरू ? किन चिमोट्छौं तिमीहरू ? किन चिथोर्छौ तिमीहरू ? किन जलाउँछौं तिमीहरू ? अनि किन मार्छौ जिउँदै तिमीहरू ?