'कविता' वर्गका पोस्टहरू

मृत्यु उपत्यका होइन मेरो देश

नबारूण  भट्टाचार्य म थुक्क भन्छु आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई त्यस अवस्थामा पनि लाजै नमानी सहज भएर बस्ने त्यो दाजुलाई पनि म थुक्क भन्छु दिनदहाडैको यस्तो रगतको होलीप्रति प्रतिशोधमा नउठ्ने ती शिक्षक, बुद्धिजीवी, कवि र कर्मचारीहरूलाई पनि म थुक्क भन्छु । आठओटा मृत शरीर चेतनाको प्रकाशपुञ्ज बनेर सडकमा लडिरहेका छन् छिनछिनमा हतप्रभ भइरहेको […]

श्वेताम्बरा 

भानुप्रकाश जोशी को हौ तिमी ? श्वेत वस्त्रमा सुसज्जित पूर्ण चन्द्र या सूर्य प्रकाश ? या दिनको पर्वतराज ? गहन खानीकी हीरा हौ कि ? सागर पिँधकी मोती ?         प्रश्न गर्छु म आफैँसँग

ख्याक

मनोज प्रधान   म सानो छँदा हजुरमाले भन्नु हुन्थ्यो छिँडीमा नजाउ छिँडीको भर्याङ मुनि ख्याक छ जस्ले छिँडी चढ्डा खेरी

 म र तिमी

- भानु दुलाल म समयबाट डढेको ठूटो मान्छे म चट्टानबाट चोइटिएको दर्शनढुंगा म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल म चामलभित्रको अमिल्दो धानको बिया म बाटाभरि पोखिएको तोरी, कोदो, गहु, मकैको दाना । म भाचिएको पूलको मक्किएको फलेक म भुत्ते कोदालीको फुटेको बिड म घुर्मैलो, मैलो, फाटेको आकाश म दुखाइएको आत्माको बिरक्तिएको दिन म गाउ समाजमा […]

छोरी निहारिकासँग

– चक्रब्यूह क्षेत्री सुवेदी छोरी †देश कहिलेकाँही शिशाको घरजस्तो हुँदोरहेछजसले ढुंगा हाने पनि चर्किनेदेशको शिरमाथिएउटा लाटोकोसेरोजस्तो लाटो अँध्यारोजहिले पनि घोप्टिरहने । निहारिका †देश बनाउनपहिले मन बनाउनुपर्छराष्ट् बाँच्नपहिले विश्वास बाँच्नुपर्छयुद्धको धुँवामा कहाँ देश हुन्छ ?

मेरो म

– तेजेश्वरबाबु ग्वंगः म एक प्रवाह आफ्नै गति भित्रको म एक स्वाभाव आफ्नै आचारण भित्रको । गतिशील निरन्तरताले स्वच्छ पखालिएको आचरण मेरो म एक मेलमिलाप सद्भावपूर्ण मुटुको म एक मानव मार्ग नडगमगाएको

झण्डा छ हातमा

– जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य निश्वार्थ  मनमा मेरो , राष्ट्र नै थियो जीवन। हे बत्सल्यमयी  आमा, जिन्दगी छ समर्पण ।।१।। नेपाली कन अर्काले , उपेक्षा नगरिकन । सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।। गौरवै गाउँछन  आफ्नो, राष्ट्रकै गरि चिन्तन । सम्मान पाउँछन आफ्नो, राष्ट्रकै गरी पुजन।।३।। सर्वस्व जिन्दगी मेरो, मन होस अथवा धन […]

आमा र अस्पताल

- शुषमा मानन्धर क्याबिन बाहिरको कोलाहलपूर्ण कोरीडोर थाकेपछि अलिकति झप्की लाग्न पाएको हुन्न काखीमुनि थर्मामीटर घुसाउँदै ऊ झस्काउँछे “आमा, ज्वरो नाप्नु प¥यो ।” मध्यरातमा बल्लबल्ल लाग्न थालेको पातलो निँद्रा पनि अस्पतालकोएडजस्टेबल बेडबाट छताछुल्ल पोखिन्छ, पर परसम्म । सोहोर्दै थोपाथोपा पटकपटक आँखाभित्र भिजाउन खोज्छु तर परेलीमा नलाग्दै, निँदसुकिसक्छर काँडा बनेर, अर्को दिनभरि बिझाइरहन्छ ।

गाउँको वृद्धालय

प्रोल्लास सिन्धुलीय, सिन्धुली बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिा आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो

नाकावन्दीको दसैँ

- राकेश कार्की बा आमा आउन पाइन तेल छैन बसैमा नाकावन्दीले नदिने भो टीको थाप्न दसैँमा   प्लेन पनि आउन छोड्यो ठूल्दाई अड्किनु भो दिल्लीमा वर्षौँ पछि वल्ल आको दसैँको बेला विचल्लीमा