'कथा' वर्गका पोस्टहरू

कामरेड कालुराम

–घनश्याम शर्मा जाडो याममा साँझपख फलामे कराईमा तरकारी झ्वाई पारेर अगेनाको आगो फुक्दै गरेकी आमाका चाउरिएका गालाले हावा भरेर ढुङ्ग्रोबाट फू–फू गरेर निस्केको आवाज एक प्रकार सङ्गीतमय लागेको थियो उसलाई । बाले भरखर भैंसी दुहेर दुधेर्नो अगेनाको छेउमा राखेका मात्र के थिए उनको शरीरबाट उत्सर्जन भएको गोवरको गन्धले आमा, छोरा र छोरीका नाकलाई अस्तव्यस्त पारिदिए […]

पहिलो प्रेम

जय प्रकाश विवश एकाबिहानै निद्रा खुल्यो, त्यस्तै साढे पाँच तिर त्यस पछि के गर्ने के गर्ने भन्ने एकै छिनको दुविधा पछि मर्निङवाक जाने निर्णय भयो । उठेर गरिहाल्ने खासै काम पनि थिएन, पढाई पनि त्यति चापाचाप थिएन ; त्यसैले पशुपति जानु उचित लाग्यो । लागेँ त्यतै तिर श्रीमान जी उठ्नु भएकै थिएन। मन खै किन […]

सम्बन्ध–५

–परशु प्रधान वाहिर मूलगेटको घण्टी बज्यो, बजिरह्यो । म निद्रा – अनिद्रामा छु । केही होशमा छु, केही बेहोशमा । पल्लो कोठामा छोराहरु सुतेका छन् । राति ड्यूटीबाट ढिला आउने र ढिलै सुत्ने भएकाले ८ नबजी उठ्तैनन् । मेरा आँखा अनायास खुले र भित्ताको घडीमा पुग्यो । त्यहाँ ठ्याक्कै विहानको ४ बजेको छ । को […]

मान्छेभित्रको मान्छे

शिव प्रकाश “मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले । “अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! यी सबै मान्छेकै गुण, स्वभाव र विशेषता हुन् ।” “मभित्र पनि छ– खराबलाई असल भन्न […]

मंगल ग्रहमा देवकोटाको सालिक

–कृष्ण बजगाईं, लन्डन, बेलायत साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए ।  ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे । ‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो हाम्रो साहित्य । अरु भाषाका भन्दा धेरै अगाडि हुने निश्चित छ ।’ अर्का […]

एक दिन

-नारायण तिवारी यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ । आजभन्दा […]

‘घर 1’

-परशु प्रधान कथोपन्यास ‘तिम्रो बिहेबारीको कुरा भइरहेछ’ मेरी श्रीमतीले भनी । ‘मलाई कुनै नेपालीसँग बिहे गर्नु र ग्यालग्याल्ती छोराछोरी जन्माउनु छैन । म उहीँ बिहे गर्न सक्छु । यो भविष्य नै नभएको देशमा के हेरेर बस्ने ?’ छोरी अलि उत्तेजित भई ।… त्यो दिन नजिक आउन लाग्यो र म भने छटपटाउन थालें – ड्रगको रोगी […]

एक दिन

- नारायण तिवारी यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ । […]

वेदनाका शूलहरु

-विष्णु गौतम सन् २००८ को २७ तारिखको टेलिफोनवार्ता नै म र मेरो छोरा कुमार वीचको  अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने निर्णय गरेछ । “बुबा म घर आउन अलिक ढिला हुन्छ है” उसले फोनमा भनेको थियो […]

यसरी भत्किए कविजी

–माधव सयपत्री अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् र मसित अन्तरङ्ग कुरा गर्न पनि भ्याएका छन् । बाइक हकाइबाट थाहा लाग्थ्यो– उनी एक […]