'कटाक्ष' वर्गका पोस्टहरू

पप्पी सेम सेम

- लक्ष्मण गाम्नागे हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी । सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन् केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् । अघि अघि ढोके छाते पछि लाउँछन् चम्चा जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा । काम गर्ने बेलामा चाहिँ जहिल्यै खट पट हाम गर्ने बेलामा […]

कवि, कविता र टिकट

-राजकुमार रेग्मी एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म कहाँ छाड्छु ?’ यो चर्चित चुट्किलाको भाग दुई पनि छ । भाग दुईमा पनि पनि […]

हाँस्नु कि रूनु

-टंक आचार्य औँलो दिँदा डुँडुलो निल्नु ‘सु’ गर्ने बाहेक केहीमा मन नमिल्नु । कर छल्नु , नतिर्नु विदेश पुगेछि घर नफिर्नु ऋण लिनु तिर्ने कुरै नगर्नु

‘बन्द मन्त्रालय’ खोल्ने कि ?

-राजकुमार रेग्मी  एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर दाँत मेरो होइन। टोक्छ कि टोक्दैन यसैलाई सोध्नु नि !’ साँच्चै, आफ्नो दाँतको पो जिम्मा […]

छोरीलाई विद्यालय भर्ना गर्दा…

– करुण ढकाल केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ कामलाग्दो नभएको उनको निष्कर्ष थियो। त्यसैले छिमेकी मित्रलाई साथ लिई म राम्रो पढाइ हुने […]

हाम्रा राम

- तिलकप्रसाद सापकोटा म बसेको घरमा एकजना राम छन् । उनीसँग नजिक भएदेखि एक महिनासम्म मैले उनका सबै क्रियाकलाप नियालें । यतिन्जेलमा उनले अठारभन्दा बढी रामावतार लिएछन् । तिनले त्रेतायुगका अयोध्याका राजा रामचन्द्रदेखि हाम्रा गाउँका तल्लो टोलदेखि माथ्लो टोलसम्म र बजारका विशाल भवनदेखि कोठासम्मका रामावतार लिन्छन् । अयोध्याका रामका बारेमा वर्णन गर्न आदिकवि भानुभक्त आचार्यले […]

थुइक्क तोरीलाहुरेहरु

-केशु बिरही हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्वेदारी संहालेका बुढा गाउँघरमा पनि त्यही […]