'अनुभूति' वर्गका पोस्टहरू

चुरोट

राजेन्द्र पराजुली ५४ वर्ष हुनै लागेको जिन्दगीको यो यात्रामा डेढ–दुई सय खिल्ली चुरोटले मेरो मुखमण्डलभित्र हुँडलिने मौका पाए होलान्। तर, तिनका धुवाँले मुखबाट श्वास नली हुँदै फोक्सोसम्म पुग्ने अवसर कहिल्यै पाएनन्। धुवाँलाई भित्रसम्म पुर्‍याउने मेरा सारा प्रयास व्यर्थ खेर गएका छन्। मुखभित्र धुवाँ राख्यो अनि फुस्स उडाइदियो। मान्छे ठूलो हुन चुरोट खान जान्नुपर्छ भन्ने तत्वज्ञान […]

स्रस्टाको संग्रहालय

गोपीकृष्ण ढुंगाना सिँढी सुरु भएदेखि नै रातो कार्पेट छ तेस्रो तलासम्म । बाहिर हेर्दा सामान्य लाग्ने काठमाडौंको भित्री सहरको एउटा घर भित्र सोचेभन्दा धेरै महत्वपूर्ण र भव्य छ । एउटा स्रस्टाको पुरानो घरलाई ढाँचा नबिगारी नयाँ घर बनाएर संग्रहालयमा परिणत गरिएको छ । नेपालमा एकमात्र कवि संग्रहालय, अर्थात् चित्तधर ह्दयका नाममा संग्रहालय । असनबाट पश्चिमतर्फ […]

अक्षरमाण्डौ

गोपीकृष्ण ढुंगाना डेनमार्कमा हुने साहित्यिक महोत्सवका लागि नेपालबाट एक साहित्यकार पुगे । उनी अचम्म परे, अचम्म पर्नुको कारण अरु केही थिएन । आयोजकले नै अचम्म तुल्याएको थियो उनलाई । अचम्म पार्ने आयोजक थियो टुबोर्ग बियर अनि अचम्मित हुने साहित्यकार प्राडा अभि सुवेदी । साहित्य अनुत्पादक क्षेत्र हो भन्नेहरुलाई चुनौति थियो त्यो । र अरु थुप्रै […]

हरिवंश आचार्य, टेन्सनै टेन्सन र चिना हराएको मान्छे

- गोपीकृष्ण ढुंगाना प्रत्येक वर्ष आजका दिन पत्नी मीराको जन्म दिन मनाउँथें । तर आज दोस्रो पुण्यतिथि मनाएर आएँ । उनलाई रातो सारीमा रंगीन रूपमा देख्थें । तर आज पहेलो रंगले पूजा गरेर आएँ । घरमा बाहिर छोरो थियो, म कोठाभित्र भक्कानिइरहेको थिएँ । दुःखबीच आज अर्को सुख मिसिएको छ । आज मेरो किताब निस्किएको […]

दसैं र खेतका गरा

- तिलकप्रसाद सापकोटा धानको बुटो बालाको झुप्पो आलीमा लरक्कै प्रकृति पनि ओर्ले झैं लाग्यो फाँटमा सर्लक्कै बडादसैंको महानवमीको दिन मिर्मिरेमै आफ्नो खेत पन्चसेमा पुगेको बेला मैले यही अनुभूति गरें । हो, धानको बाला झुलेको बेला फाँट हेरिरहुँ हुँदो रहेछ । सिंगो फाँट पहेँलपुर देखेर प्रकृति पनि ओर्ले झैं आभास हुँदो रहेछ । किसान पनि असारे […]