'लघुकथा' वर्गका पोस्टहरू

रक्सी

-विवेक दुलाल क्षेत्री लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ . सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती च्यापेर आउने गर्थि .ज्वाई चाहिँ इन्डियाको लाहुरे भएकाले बेला बेलामा मात्र लेप्चा लेप्चिनी बज्यैसित गफ हुने गर्थ्यो […]

आत्माग्लानी

-बसन्त श्रेष्ठ ‘क्षितिज’ धोएर सुकाए झै खुम्चिएर मुजा मुजा परेको निधारको रेखीसँग ऊ मेरो सामुन्ने उभिएको थियो । “हजुर दुई दिनदेखि भोकै छु” याचिकाको कटौरा फैलाई हाल्यो । ‘म पनि भोकै छु’भनिदिउ झै लाग्यो । अभावले,सरापले खर्लप्पै निलेको शरीर देखेर केही बोलिन । दुनियाँको नजरमा ऊ माग्ने थियो । आफ्नो नजरको गणनामा म माग्ने थिए […]

तरङ्ग

 -राजुराम मुनंकर्मी देशमा लोकतन्त्र आईसकेपछि पहिले नै निर्माण भईरहेको एउटा विशाल तलाउलाई पुननिर्माण गर्नुपर्ने सवैको ठम्याई रह्यो । लोकतन्त्र आउनु अघि सो तलाउमा दमन र निरड्ढुशताका तर ङ्गहरु मात्रै उग्ररुप लिंदै तरङगित भईरहे । त्यसका सामु अन्य तरङ्ग हरुले शिर उठाउनै सकेनन् ।