'मुक्तक' वर्गका पोस्टहरू

थाके‘ प्रिया

 –उज्ज्वल जी.सी. १. न कसैलाई अनादरले हेर्न चाहन्छु म न कसैलाई समस्याले बेर्न चाहन्छु म हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ? सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म । २. भाषा र कला हरायो भने रहन्न देश नै बिर्सियौं भने संस्कृतिलाई मेटिन्छ भेष नै बुझेनन् भने युवाले यदि लुकेको रहस्य चन्द्र र सूर्य झण्डाको भोलि […]

इजलासमा उभिएर

- महावीर विश्वकर्मा १) न आगोले रुवायो, न पानीले रुवायो । मलाई त मेरै जीन्दगानीले रुवायो । । जसलाई परेलीले ढाकेर राखेँ पछि त्यही आँखाको नानीले रुवायो । । । २) नदी बनायो कसले अनि डुङ्गा कसले बनायो ? डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ?

हिमाल पनि जल्नेछ

-उज्ज्वल जी.सी. १. सद्भाव आपसमा छर्नसके यहॉं सुखशान्ति फल्नेछ साथी वैरीका हरेक सपनाहरु हाम्रो एकतामा गल्नेछ साथी यथार्थ यही हो, यदि बिर्सेर दम्भ मात्र झिक्ने हो भने आज तराई भोलि पहाड पर्सि हिमाल पनि जल्नेछ साथी ।