'बालसाहित्य' वर्गका पोस्टहरू

आमा

- तिलकप्रसाद सापकोटा रमेश र दिनेश पाँच÷पाँच वर्षका भए । ती कहिले मिलेर खेल्थे भने कहिले झगडा गर्थे तर कहिल्यै छुट्टिँदैनथे । एकछिन हराए भने एकले अर्कालाई खोज्थे । ममात्रै आमासँग सुत्न पाए हुन्थ्यो भन्थे । आमासँग सुत्न नपाउँदा निदाउनै सक्दैनथे । बिहान उठ्दा आमा आफूतिर फर्केर सुतिरहेको देखे भने धेरै खुसी हुन्थे । हरेक […]

बाँदर र भगेँराको नाच

– प्रा. डा. सुषमा आचार्य एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो । एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो मान्छे नजिकै पुगेर हेर्दा सयौं बाँदरहरू पिउँदै, गाउँदै र नाच्दै गरेको देख्यो । उसलाई […]

बाँदरको सल्लाह

श्रीबाबु कार्की उदास शिशिर ऋतुको समय थियो । लामो समयको खडेरीले वनजङ्गलमा कुनै जङ्गली फलपूmल र कुनै कन्दमुल बाँकी थिएन । हरियाली कहीँ कतै बाँकी नरहेकोले जङ्गल रूख्खा–सुख्खा र उराठलाग्दो भएको थियो । त्यही उराठलाग्दो जङ्गलको आश्रयमा लामो समयदेखि एक हुल बाँदर बसेका थिए । त्यस जङ्गलको बीचमा एउटा पानीको मुहान थियो । त्यही पानीको […]

पाहुना

- अमर न्यौपाने हाम्रो घरमा जो पाहुना आउँदा पनि  केही न कही ल्याइदिन्छन् । जस्तैः चकलेट, चाउचाउ, बिस्कुट…। एक जना पाहुना आए । बाले काका भन्नुपर्छ भन्नुभयो । हामी दिदीभाइले नौला काकाको अनुहारमा हे¥यौँ । तर उनको अनुहारमा कतै मायालुपनको छनक पाएनौँ । उनी हामीलाई देखेर हास्ता पनि हासेनन् । बोल्दा पनि बोलेनन् ।

अहो ! के भयो ?

- शाश्वत पराजुली भुर्र–भुर्र उड्दै सानुु भ“गेरो भुइ“को चारा टिप्दै थियो । एकै छिनमा ठूलो कोलाहल सुनियो । मान्छेहरू ‘हाहा’ र ‘हुहु’ गर्दै यताउति दौडन थाले । छेउमा रहेका गाई, भै“सी, बाख्राहरू पनि बेस्सरी कराउन थाले । त्यो देखेर सानु भ“गेरो आत्ति“दै अग्लो थुम्कोमा गएर बस्यो । थुम्को बेस्सरी हल्लिरहेको थियो । थुम्कोमा यताउता गरिरहेका […]

जनावरको भान्छा

- रमेशचन्द्र घिमिरे बालकविता यता आऊ जेठा, माहिला यता आऊ कान्छा हेर, हेर कस्तो राम्रो जनावरको भान्छा भान्छा हेर्ने मुख्य-मुख्य तीन्टा खेताला छन् यौटा कुकुर, यौटा बाँदर, यौटा बिराला छन् गाह्रो हुन्छ भनी साथी चिन्ता मान्छौ किन ? भन्दै आए अरू तीन यिनलाई साथ दिन

सुझबुझ

- शुषमा मानन्धर बालकथा “बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे पायो त्यही किनेर खादिनँ पनि, तैपनि उहाँ सधैँ म स्कूल हिँड्नुअघि यस्ता नसिहत […]

गँड्यौलो र गँड्यौली

- रामबाबु सुवेदी जुली भन्दै थिई, “सुमन दाइ ! हेर्नुहोस् त हाम्रा पाठापाठी ! तपाईंका पाठापाठी मरन्च्याँसे स्याल जस्ता, हाम्रा पाठापाठी खाइलाग्दा मृगका पाठा जस्ता !” जुलीका बा नारन्दत्त काका किसान हुनुहुन्छ । उहाँका खेतमा सबभन्दा राम्रा बाला झुल्छन् । बारीमा सबभन्दा राम्रा मकैका घोगा फल्छन् । उहाँका कटेरामा मोटामोटा दुहुना भैँसी छन् । उहाँका […]

बालसाहित्य मूलधारमा ल्याउनैपर्छ

-गोपीकृष्ण ढुंगाना एक सय २० वर्ष भयो नेपालमा बालसाहित्य लेखन सुरु भएको । तर आजसम्म पनि यो मूलधारको साहित्यमा आउन सकेको छैन । लेखक, सम्पादक, चित्रकार र प्रकाशक आदि सबैले यसलाई मूलधारमा ल्याउने प्रयास गर्नैपर्ने आवाज उठेको छ । राजधानीमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको दोस्रो संस्करणको तेस्रो दिन शास्वत पराजुलीले लेखकद्धय विनय कसजु र शर्मिला […]

बेलाको बुद्धि

-तुलसीहरि कोइराला बालकथा शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि कामको चटारो थियो । तर सौरभ र रक्षा  ज्ञानी भएकाले र बुबाले पनि काम […]