'नियात्रा' वर्गका पोस्टहरू

लाइपजीकदेखि लोपोन्मुख भाषासम्म

- कृष्ण धराबासी काठमाडौं, हाल ः अमेरिका पौने दुई घण्टामा हामी लाइपजीक विश्वविद्यालयको प्राङ्गणमा पुग्यौं । गाडीबाट उत्रे पछि मि. उल्फको पछि पछि हामी विश्वविद्यालयको पाँचौ तल्लामा जानको लागि लिफ्ट तिर लाग्यौं । लिफ्टमा पुग्नु अघि वरै आँगनमा तीनचार जोर केटाकेटी एकअर्कासँग कति मजाले लपक्क भएर ओठमा ओठ टाँसिरहेका देखिए । टाँसिरहेका मात्र हुन् कि […]

माइखोला वारि पारि

– रामप्रसाद पन्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा । अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख सुवासचन्द्र नेम्वाङबाट । हिजो कार्यपत्र प्रस्तुत र कवि सम्मेलन भयो भव्यता साथ । आज […]

आरोहणको तयारीमा

— प्रतीक ढकाल “माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।” “को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो । “तिब्बती हो रै’छ एउटा…..” अब भने गोपालदाइको अनुहारमा डरले डेरा ग¥यो । वहाँले पुलुक्क मेरा मुखमा हेर्नुभयो […]

ज्याद्रो लिगलिगकोट !

–युवराज नयाँघरे चारै बजे ब्यँुझायो कोकले कराएर ! हिजोको लम्काइले खुट्टामा कैँडा लागेथे । थिल्थिलाएको जीउ गलेथ्यो झरीले । पानीमा भिजेका लुगा उसिनिएर गन्हाएका थिए । तैपनि यी सबै कुरा थन्किए त्यत्तिकै । आँखाको बिख मरेथ्यो मज्जाले । मैले मनलाई भनेँ, तैँ चुप मै चुप ! बिहानै जङ्गल पसियो र हलुक्याइयो जिउ । साथीहरु सभा […]

आबु पर्वतको छेउछाउ

– रामप्रसाद पन्त आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला बखत प्रभाव पाथ्र्यो ६०१ बाट छुट्टिएर केही दिनको लागि २०१ मा पसेको तीन जनाको […]

बेथान र साहित्य यात्रा

-दिपक कथित काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक यही पुष ८ गतेबाट सुरु भएको तीन दिने ‘वेथानचोक पर्यटकीय साहित्यिक यात्रा –२०६८’ पुष १० गते आइतबार सम्पन्न भएको छ । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिकरुपले पर्यटकीयस्थल बेथानचोकको पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यसहित यो यात्राको आयोजना गरिएको हो ।

मन्थली, मकैको खेती र स्रस्टा जमघट

-गोपीकृष्ण ढुंगाना पुगेकै साँझ थाहा भयो, रामेछापको मुहार एक्लो प्रयासले फेरिएको रहेछ । सुनेर होइन, देखेपछि पत्याउन करै लाग्यो । रामेछापका बस्तीबस्ती पुगेर सरकारले त्यहाँको जीवनस्तर सुधारेको होइन रहेछ, झन्डै तीन दसक निरन्तर समर्पित भएर लागेका रामेछाम मन्थलीका जगदीश घिमिरेले पो रहेछ । त्यसो त विकास निर्माणको कार्य एक्लै त किन हुन्थ्यो र ? तर […]

रातको अँगालोमा…

-राजु दहाल रात हामीलाई आफ्नो अँगालोमा लुकाउन सफल भैसकेको छ , घामले त निकै अघि बिदा मागीसक्यो । छुट्नलाई गारै परेरै त होला नी एकछिन पहिले माथि डाँडाबाट लुकामारी खेल्दै थियो रबि । आकाशमा ताराहरु चम्कन लागीसकेछन् तर मेरो मनको आकाशका ताराहरु रातको चकमन्नतासँगै गायब छन् ।

सिलोङमा डायरी हराउदा…

— डा. खगेन्द्रप्रसाद लुइटेल गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि गुवाहाटी गएका बेला सिलोङ पनि जाने कार्यक्रम काठमाडौंबाटै तय भइसकेको थियो । मलाई सिलोङ लिएर जानका लागि गुवाहाटीको कार्यक्रम समापनकै दिन सिलोङको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक मेरा प्रिय विद्यार्थी टेकनारायण उपाध्याय आइपुगेका थिए । पुस २७ गते बिहान सबेरै गुवाहाटी विश्वविद्यालयको गेस्ट हाउसबाट […]

रसिला, चोटिला, जोसिला…

-तिलकप्रसाद सापकोटा  यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो फुकाएर वरिपरि छरिदिँदो रहेछ । त्यो क्षण आकाश खुलेर झलमल्ल घाम लागेपछिको प्रकृतिजस्तै