'गीत' वर्गका पोस्टहरू

आफूलाई चिनाउन

- केशव खनाल अरुलाई चिन्ह के गाह्रो, आफैलाई बुझ्न झन साह्रो अरुको खुशी लुट्न के गाह्रो, आफ्नै आँंशु पुछ्न हो साह्रो आफूलाई चिनाउन सक्नेहरु हार्दैनन जिन्दगीमा सबैले देख्ने बाटो हिड्नेहरु थाक्दैनन जिन्दगीमा लाखौं मन्दिर बनाउन के गाह्रो एउटै द्यौता बन्न हो साह्रो

चौबन्दीमा…

-शान्ता गौतम चौबन्दीमा सजेकी झुपडीकी रानी आइदेउन मनभरि सबै आफ्नो ठानी । पर्खिरहेछु तिम्रो बाटो ईश्वरलाई भाकी धुपी दुबो गाँसी माला स्वयंबरका लागि । दिलको ज्योति जलाइरहेछु साँझ बिहान पनि एउटा लाली फुलाइदिएँ तिमीलाई नै भनी ।

बैगुनीलाई…

-ज्ञानेन्द्र गदाल भन्छन् हजुर बैगुनीलाई, गुनैले मार्नु विपत्तिमा पनि कैले, हिम्मत नहार्नु यति गर्न सकेदेखि, स्वच्छ हुन्छ मन जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन । विश्वास जित्न सकिंदैन, कुरा काट्नेको झुटो कुरा गरी–गरी, माया साट्नेको भन्छन् हजुर पराइको, कुरा नकाट्नु अटल हुन्छ सांचो सत्य, बोली नढांट्नु ।

यो जिन्दगी यस्तै छ…

-दिनेश अधिकारी जिन्दगी यो यस्तै छ किस्ताबन्दी साहुको रिन तिरेजस्तै छ उसको चित्त दुख्ला भन्यो आफ्नो इच्छा मार्दै गयो उसको निम्ति बाटो छोड्यो आफू पछि पर्दै गयो जहिले पनि आफूलाई अचानोमा राखेजस्तै छ

झुम्के चुरा…

-गोपीकृष्ण ढुंगाना झुम्के चुरा बजाउदै अलिकति लजाउदै आए म त तिम्रा सामू सानो संसार सजाउदै । चोरीदेउ लुकाइदेउ षोडसी यो जोवन तिम्रै आशमा धरमरिदै बांचेको चोखो मन । तिम्रै लागि टिपी हेर आकाशको जून पनि चाहिदैन बरु मलाई एक नम्बरी सून पनि ।