'गजल' वर्गका पोस्टहरू

मिर्मिरेमा लाली छरी…

-विपिन किरण मिर्मिरेमा लाली छरी किरण खुलेसरि मनको सगरमा तिमी हुन्छौ सधैंभरि तिम्रो मेरो यो नाता नटुटोस् मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्। बोलूँ भने सबले सुन्लान डाक्छु परेलीले सुन्लान छातिभित्रै पस छोप्छु भन्छ कलेजीले जुनी जुनीसम्म खोजेर थाकोस् भगवानले पनि तिमीलाई नभेटोस्।

फाटेको मन

-शान्ता गौतम फाटेको मनलाई सिलाइदेउ, बाच्छ भने अमृत पिलाइदेउ। खाल्टाखुल्टी किन जताततै, डोजर लगाई मिलाइदेउ। पर्दाबाट चिहाउनेलाई, भरपेट मीठो खिलाइदेउ।

बोलिनौ तिमी…

- गोपीकृष्ण ढुंगाना ‘पथिक’ बोलिनौ तिमी र म पनि बोलिन, कस्यौ झन त्यो गाँठो र मन यो खोलिन | छचल्किदै थियो शब्दको सागर, पाएन किनारा र मुटु घोलिन |