'गजल' वर्गका पोस्टहरू

तिम्रो मात सम्झें

- सूर्य चापागाईं तारा खसेको रात सम्झें माया बसेको बात सम्झें । धेरै भएछ नछामेको सुकोमल तिम्रा हात सम्झें ।

भेटघाट

– उज्ज्वल जी.सी. भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन । बदला लिने रहर भए  मुटुमै किला ठोके हुन्छ ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन ।

बजारमा सानो कुरा

 -जय प्रकाश बिबस म जस्तो तिमि होइनौ भन्छन मान्छे अरे रित्तिएको मन पनि अझै खाली भयो  अरे कता कता तिमि पनि बजार जस्तै फेरिन्छेउ खै कुन्नि के भाको हो रुप खाली चल्छ अरे

छातिभरि दुख्छ देश

–गोपीकृष्ण ढुंगाना मुस्कान छर्न खोजे पनि छातिभरि दुख्छ देश, सुसाउँदा नि सूल बनी छातिभरि दुख्छ देश । हँसाउने खोज्नुपर्छ, रुवाउने जताततै, सताउने हुँदा धनी छातिभरि दुख्छ देश ।

कोमल भट्ट

-कोमल भट्ट परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं अर्चना र पूजा आजा टिका टाला भन्दै सजाएका सपना हरु तुहाएर गयो दशैं   जसरि नि रीति रिवाज चाड मान्नु पर्दा नहुनेलाई ऋणैऋणमा डुवाएर गयो दशैं

जुनेली हौ तिमी !

-सूर्य चापागाईँ तिमी जून हौ कि जुनेली तिमी हौ ! कतै पूर्णिमाकी उजेली तिमी हौ ! भयो बाग प्यारो तिमी आउनाले जसै चिर्बिरायौ जुरेली तिमी हौ ! कढा धूपमा सासको धाप बढ्दा खडेरी पवनकी सुरेली तिमी हौ ।

मन दुख्छ

– राजुराम मुनंकर्मी  मन दुख्छ कता कता,अविस्वासै गरेपछि सुख,चयन छैन अचेल,अन्तर्घात नै भएपछि जसले जान्यो उसैले हान्यो,सत्यको जमाना रहेन सड०लो पानी दुषित बन्छ,विषको छिटा परेपछि

त के भो ?

-शिवप्रसाद उप्रेती डाह किन, कोही रमायो त के भो ? संसारमै बर्चस्व जमायो त के भो ? सर्वहाराका लागि भन्दै कसैले, अकूत पैसा कमायो त के भो ? सुकुम्बासीलाई घरबार भन्नेले। आज दरबार बनायो त के भो ?

कलकलाउँदो जोबन

-पूर्ण बन्धन नचाहेरै लौ जमानामा, कुरा धेरै देखिएछ । कथा व्यथा गजलमा, आफ्नै धेरै लेखिएछ । चोक्टा खाने आस गरी झोलमा डुब्नभनी हाम्फाल्ने ती वैगुनीको, बाटो धेरै छेकिएछ ।

सुकेछ आँत

-सरोज घिमिरे कर्कट काश्यप सुकेछ आँत घातमा, बगेन आँसु चोटले । कठोर प्रेम मातमा, बगेन आँसु चोटले । । भएन बोल्न फोनमा, खराब काम के भयो, मनुज मित्र जातमा, बगेन आँसु चोटले ।