‘बन्द मन्त्रालय’ खोल्ने कि ?

-राजकुमार रेग्मी

 एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर दाँत मेरो होइन। टोक्छ कि टोक्दैन यसैलाई सोध्नु नि !’

साँच्चै, आफ्नो दाँतको पो जिम्मा लिन सकिन्छ, कुकुरको दाँतको जिम्मेवारी कसरी लिनु, होइन त? यस्तैयस्तै खाले कृत्य मोरङमा भएको छ। मोरङमा प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको सहमति अनुसार अब बन्द कार्यक्रममा ‘लोडसेडिङ’ हुनेछ। बन्दको लोड धेरै भयो रे, त्यसैले ‘सेडिङ’ गर्ने रे ! मोरङमा अब बन्द पनि विद्युत लोडसेडिङकै शैलीमा हुने रे ! Continue Reading »

विश्व कविताको मञ्चमा हाम्रो सानो कुनो पनि धपक्क बल्छ : मनु मन्जिल

-पदम गौतम

  • समकालीन नेपाली कविता विश्वस्तरमा कति अग्लो छ भन्ने ठान्नु हुन्छ ?

 
एकाध समस्या छन् । नत्र विश्व काव्यिक मञ्चमा हाम्रो कुनो पनि उज्यालै छ । हामी साह्रै कलामा विश्वास भएका मानिस होइनौं । हाम्रो वेग एकदमै लोभलाग्दो छ तर प्रविधि एकदमै कमजोर । कुनै भावना वा विचार नयाँ रुपमा आएपछि हामी फटाफट लेखिदिन्छौं वा बोलिदिन्छौं । त्यो त डिपार्टमेन्ट स्टोरमा साहुसित कुरा गरेजस्तो हुन्छ नि । एकान्तमा पर्खेर प्रेमिकासित सोचीसोची बोलेजस्तो वा योगीहरुको ‘सेल्फ–टक’ जस्तो सुन्दर त हुँदैन । हतारमा दौडँदा दौडदै नानी जन्माउन खोजेजस्तो गरेर हामी धेरै कुरा एकैछिनमा विगार्छौं । सबै मानिसले देवकोटा बन्न खोजेर हुँदैन । उनी त सरस्वतीका जेठा सन्तान थिए । उनको वेगमा कुनै अतिरिक्त आशीर्वाद थियो । ध्यान, मनोयोग, प्रतिभा, भाषा र कोमलताले उनी ऐश्वर्यशाली थिए । तर प्रत्येक माछो त ह्वेल हुँदैन वा प्रत्येक खोल्सी कोशी त होइन । यही नछुट्टिएर हामी हैरान छौं ।
पश्चिमाहरु प्रविधिमा एकदमै अगाडि छन् । कैलेकाहिँ उनीहरु पनि ‘नन्सेन्स’ त लेख्छन् तर ज्यादै राम्ररी । म यदाकदा विदेशी लेखकहरुसितको भेटमा ‘वेल–रिटन नन्सेन्स’का कुरा उठाउँछु । गद्य–लेखनमा पनि त्यो छ । हाम्रामा चाहिँ धेरैजसो एकदमै राम्रो कुरा वा भावना पनि राम्ररी लेखिएकै हुँदैन । समालोचकहरुले उद्धृत गरेका मोटा–मोटा पुस्तकमा कविताका हरफहरु हेर्नोस न । ती कति जीवन नभएका कविता छन् । मोहन कोइरालाको कविता छ नि ‘झिक्राझिक्री’  हो त्यसले भने जस्तै । मैले टि.एस. इलियटका अपूर्ण कविताहरु थुप्रै पढेँ । ह्विटम्यानका अपूर्ण कविताहरु पनि पढेँ । ती किन अपूर्ण छोडिए होलान् ? पर्खँदा पर्खँदै त त्यस्तो भयो होला नि । हामी चाहिँ प्रत्येक लट्ठी उभ्याएर एकैछिनमा छहारी बनाउन खोज्छौं । पर्खनु, भाव–भूमिको चयन गर्नु, ठीक अभिव्यक्तिको निम्ति भाषासित लडाईँ गर्नुजस्ता साहित्यिक खेलबाट बाहिर बाहिरै निस्केर हामी कराइ बस्छौं । विश्वले हाम्रो आवाज किन सुन्छ ?

Continue Reading »

स्व खवरदारी

-मथुरा सैंजु
नखाने चिज खाएर बरबाद परें आफै नै,
नगर्ने काम गरेर धोका खाएँं आफै नै ।

नबोल्ने बोली बोलेर शत्रु भएँं आफै नै,
झुठको यो दुनियाँमा झुठा भएँ आफै नै । Continue Reading »

प्रज्ञा प्रतिष्ठान सबैको साझा थलो : कूलपति वैरागी काइला

-गोपीकृष्ण ढुंगाना

साहित्यिक लेखनमा ईन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर तेस्रो आयामलाई अघि बढाएपछि चर्चामा आएका पाँचथरका तिलविक्रम नेम्वाङ यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति छन् ।
रहरले लेख्न थालेको बताउने उनी बाहिर रहँदा प्रतिष्ठानका धेरै कमीकमजोरी देख्थे । अहिले पनि
उनी पूर्ण सन्तुष्ट भने छैनन् । प्रतिष्ठानको फराकिलो कार्यक्षेत्र र सरकारको साँघुरो अनुदानका
कारण भनेजस्तो गर्न नपाएको उनको गुनासो छ । प्रतिष्ठानका कूलपति उनै वैरागी काइलासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको साहित्यिक वार्ता ः

अचेल के लेखिरहनुभएको छ ?
केही लेखेको छैन भने हुन्छ । साहित्यकारहरु आउँछन्, उनका कृतिमा शुभकामना मन्तव्य लेखिमाग्छन्, कोही पत्रपत्रिकाको कामले आउँछन् । यही भनेर केही पढ्न पनि भ्याएको छैन । जे भेट्छु त्यही पढ्छु । विषय वृहद छ साहित्यको । गम्भीरतापूर्वक पढे लेखेको छैन ।

लेखनमा केलाई केन्द्रविन्दू बनाउनु हुन्छ ?
दोस्रो जनआन्दोलनपछि दुई वर्ष कविता लेखें । आजसम्म जेजति लेखें ती सबैलाई भेला गरेर विधागत रुपमा छुट्याउने काममा छु । यो काम थालेको पनि डेढ वर्ष भइसक्यो । सर्सर्ती हेर्दा आठ दसवटा कृति निस्कने रहेछन् । तीन दसकअघिदेखि थालेको पूर्वी नेपालको सांस्कृतिक सम्पदा मानिने लिम्बू जातिको श्रुति परम्पराको पुस्तकमा बढी ध्यान दिएको छु । Continue Reading »

मेरो विज्ञान-प्रविधि

- प्रकाश माकृहाङ

विज्ञान,
प्रविधि,
अनि म,
दुनियनं आज,
चिहाइरहेका छन्  संघारमा उभिएर

अनि मेरै समिपमा उभिएर
जिस्काईरहेका छन् ।
भनिरहेका छन् । उत्ताउलिएर Continue Reading »

२०६८ को पुस्तक नालीबेली

कसले मार्ला मदन पुरस्कारको बाजी ?

______________________________शिला पहारी

‘औंलामा गन्न सकिने अपवादवाहेक अधिकांश नेपाली लेखकहरु कुन्ठा, गनगन र आत्मरति लेख्छन्’ केही आलोचकहरुको आरोप छ, ‘यिनको लेखनबाट साहित्यको उत्थान होइन, कागजको नाश र प्राकृतिक विनाश मात्रै भइरहेको छ । यिनले साँच्चै साहित्य नै लेखेका हुन् भने अहिलेसम्म खोई एउटा विश्वस्तरीय कृति ?’

‘लेख्दै नलेख्नु भन्दा लेख्नु राम्रो कुरा हो । अहिले लेखनमा अघोशित प्रतिष्पर्धा बढेको छ । झन्नै सय वर्षको इतिहासपछि लेखकहरु रोयल्टी पाउने स्थितिमा भर्खर आइपुगेका छन् । लेखनलाई व्यवसाय बनाउने क्रम सुरु भएको छ ।’ अर्काथरिको भनाई छ, ‘नेपाली साहित्यलाई विश्वस्तरीय दाँजोमा पुग्न यस्तो प्रतिष्पर्धा अरु बढ्नु पर्छ ।’ Continue Reading »

आबु पर्वतको छेउछाउ

– रामप्रसाद पन्त

आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला बखत प्रभाव पाथ्र्यो ६०१ बाट छुट्टिएर केही दिनको लागि २०१ मा पसेको तीन जनाको समूहले । प्रस्थान विन्दु बालाजुमा पा¥यो अलिअलि, वीरगञ्जको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा पा¥यो अलिअलि र आबु पर्वतको राजऋषि हलमा पा¥यो अलि बढी ।

 परिवार, व्यापार व्यवसाय, पठनपाठन, राजनीति, जागिर, मजदुरी र कृषि कर्मदेखि केही दिनका लागि मुक्त भएर ध्यान र सत्सङ्गमा एकान्त जीवन बिताउने उद्देश्य राखेर आबु पर्वत पुगेका हामीहरुलाई परिचय कार्यक्रमको नाममा राजऋषि हलमा रमरम धर्म÷दर्शन मिश्रित राजनीतिक भाषण गरेर असफल राजनीतिको झलक दिए ६०१ मध्येका तीन जनाले Continue Reading »

लौ चिनौं चोरीको बात लागेका स्रस्टालाई…

-कृष्ण अविरल

 चोरी आफैँमा अपराध कर्म हो । साहित्यिक सिर्जना चोरी त झन् बनिसकको र बन्दै गरेको सामाजिक इज्जत, प्रतिष्ठासमेत आफैँले धरापमा पार्ने काम । यस्तो चोरीको अभियोग लागेकै कारण शंकर लामिछानेलगायत कतिपयले लेखनबाटै सन्यास लिएका छन्, महेश प्रसाईलगायतका कतिपयलाई सामाजिक रुपमा मुख देखाउनै नमिल्ले अवस्था उत्पन्न भएको छ । तैपनि यस्तो चोरी रोकिएको छैन, दिन प्रतिदिन मौलाइरहेको छ ।

 ‘कवि शिरोमणि’को उपाधि पाएका लेखनाथ पौड्याल, नेपाल साहित्यमा प्रगतिवादी धार भित्र्याउनेमध्येका विजय मल्ल, स्थापित आयमेली कवि ईश्वर बल्लभ, पूर्व प्राज्ञ एवम् प्रगतिशील स्रष्टा रमेश विकल, नेेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति बैरागी काइँला, ननस्टप उपन्यासकार डा. धु्रवचन्द्र गौतमसमेत चोरीको बात लागेका नेपाली स्रष्टा हुन् भन्ने सुन्दा पाउँदा धेरैलाई पत्याउन मुस्किल पर्छ । तर राणाकालमा कैदी हुनुपर्दाको अनुभूति समेटिएको भनेर बहुचर्चित उनको कृति ‘पिंजडाको सुगा’ भारतका स्थापित कवि मैथलीचरण गुप्तको ‘पिंन्जरके सुगाएँ’ को अनुवाद हो । यो विषयलाई लिएर ०७ सालपछि कवि शिरोमणिको चर्कै आलोचना पनि भएको थियो । तर उनले कुनै प्रतिवाद गरेनन् । २०३२ सालमा चोरीको प्रमाणसहित साहित्यिक पत्रिका रुपरेखामा कुमुदिनीका नाममा लेख छापिएपछि स्वाभिमानमा ठेस Continue Reading »

यसरी भत्किए कविजी

–माधव सयपत्री

अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् र मसित अन्तरङ्ग कुरा गर्न पनि भ्याएका छन् । बाइक हकाइबाट थाहा लाग्थ्यो– उनी एक कुशल, अभ्यस्त बाइक चालक हुन् ।
त्यो दिन कविजीले मलाई आफ्नै घरमा बोलाए नरेफाँटमा । एकचोटि मात्र म उनको घरमा गएको थिएँ । घर पत्तो लाग्दैन न कि भन्ने संशयबाट मैले बेलैमा मुक्ति पाएँ । एउटा मन्दिर मेरो  तारो थियो । त्यही मन्दिरलाई ताकेर गएँ Continue Reading »

त के भो ?

-शिवप्रसाद उप्रेती

डाह किन, कोही रमायो त के भो ?
संसारमै बर्चस्व जमायो त के भो ?

सर्वहाराका लागि भन्दै कसैले,
अकूत पैसा कमायो त के भो ?

सुकुम्बासीलाई घरबार भन्नेले।
आज दरबार बनायो त के भो ? Continue Reading »